सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

बिहीबार, ०२ असार २०७९, ०६ : १०
बिहीबार, ०२ असार २०७९

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर एक सय ६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ । 

त्यसैगरी अमेरिकी एक डलरको खरिद दर १२४ रुपैयाँ ६१ पैसा र बिक्री दर १२५ रुपैयाँ २१ पैसा रहेको छ। यस्तै युरो एकको खरिद दर १३० रुपैयाँ ६७ पैसा र बिक्री दर १३१ रुपैयाँ ३० पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५० रुपैयाँ ८९ पैसा र बिक्री दर १५१ रुपैयाँ ६२ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ०१ पैसा र बिक्री दर ३४ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप