सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पुलबाट मिनी ट्रिपर खस्दा चालकको मृत्यु

बिहीबार, ०२ असार २०७९, ०९ : १९
बिहीबार, ०२ असार २०७९

तनहुँको आबुखैरेनी गाउँपालिका–४, पावर हाउसस्थित रुवाखोलाको पुलबाट बिहीबार बिहान मिनी ट्रिपर खस्दा चालकको मृत्यु भएको छ । 

प्रहरीका अनुसार मुग्लिङबाट आबुखैरेनीतर्फ जाँदै गरेको ग१क ४४६९ नम्बरको ट्रिपर  बिहान साढे ४ बजे अनियन्त्रित भई पुलबाट अन्दाजी २० मिटर तल खोलामा खसेको हो ।

दुर्घटनामा मिनी ट्रिपरका चालक तनहुँकै म्याग्दे गाउँपालिका–६ मनपाङका ४७ वर्षीय राम बहादुर दमाईको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको भरतपुरस्थित मेडिकल कलेज भरतपुरमा बिहान सवा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप