मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

श्रेष्ठको पुस्तक ’हिमालयको उत्पत्ति’ बजारमा

बिहीबार, ०२ असार २०७९, १४ : २६
बिहीबार, ०२ असार २०७९

विक्रम श्रेष्ठद्वारा लिखित पुस्तक हिमालयको उत्पत्ति : सागरदेखि सगरमाथासम्म’ बजारमा आएको छ । संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रद्वारा प्रकाशित सो पुस्तक बिहीबार नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले विमोचन गरे ।

पुस्तकमा टेथिस सागरबाट सगरमाथा बन्दाको विकासक्रम, पृथ्वीको भूगर्भमा हुने विभिन्न गतिविधि, भूकम्प जानुको वैज्ञानिक कारण आदि विषयलाई सरल र सरस नेपाली भाषामा प्रस्तुत गरिएको छ । कार्यक्रममा बोल्ने वक्ताहरूले यो पुस्तक पुरातत्व एवं भूगर्भशास्त्र सम्बन्धी विषय नेपाली भाषामा पढ्न चाहनेहरुको लागि ‘अभूतपूर्व’ रहेको बताए । भूगर्भशास्त्र एवं पुरातत्वमा स्नातकोत्तर श्रेष्ठद्वारा लिखित सो पुस्तक यसबारेमा जान्न खोज्ने गैरविद्यार्थीको लागि समेत सहायकसिद्ध रहेको बताए ।

उपकुलपति एवं संस्कृतिविद् डा गुरुङले हिमालयको उत्पत्ति सम्बन्धी बृहद् विषयलाई सरल नेपाली भाषामा लेख्ने सर्जक विक्रम श्रेष्ठ एवं प्रकाशक संस्था संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रप्रति आभार व्यक्त गरे । उनले जीवको उत्पत्ति हिमालयबाट भएका विभिन्न प्रमाणहरु, धर्मशास्त्रमा हिमालयलाई पवित्र भूमिको रुपमा गरेको चित्रण आदि प्रसंग उठाउँदै हिमालय एउटा हिउँको पहाड मात्रै नभएर सिंगो संस्कृतिको आधारविन्दु रहेको बताए । उनले अध्ययन केन्द्रलाई आगामी दिनमा थप उल्लेखनीय काम गर्न सकोस् भनेर शुभकामना दिए ।
 

कार्यक्रममा बोल्दै त्रिविको नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा. सोमप्रसाद खतिवडाले श्रेष्ठको पुस्तक नेपाली इतिहास, संस्कृति तथा पुरातत्व विषयका विद्यार्थीको लागि उपयुक्त रहेको बताउनुभयो । उहाँले संस्कृति तथा पुरातत्व अध्ययन केन्द्रले छोटो समयमा महत्वपूर्ण काम गरेको भन्दै आगामी दिनमा यसको झनै सक्रियताको शुभकामना दिनुभयो ।

 

कार्यक्रममा बोल्दै त्रिवि पुरातत्व केन्द्रीय विभागका विभागीय पूर्वप्रमुख प्रा.डा. मदन कुमार रिमालले पुरातत्व अध्ययन केन्द्रले यति महत्वपूर्ण पुस्तक प्रकाशन गरेकोमा बधाई दिँदै यस्तै महत्वपूर्ण कृति एवं अनुसन्धानमा लाग्न प्रेरित होस् भनी शुभकामना व्यक्त गर्नुभयोे ।

 

विगत २ वर्षअघि स्थापना भएर विभिन्न अध्ययन अनुसन्धानमा सक्रिय अध्ययन केन्द्र विभिन्न स्थानीय तहमा रहेका पुरातात्विक महत्वका स्थलहरुको अध्ययन एवं अन्वेषणमा सक्रिय रहेको छ । यसले नयाँ विद्यार्थी एवं अध्येताहरुलाई संस्कृति एवं पुरातत्वसम्बन्धी अध्ययन अनुसन्धानमा प्रेरित गर्ने एवं अनुसन्धानको अवसर दिने समेत काम गर्दै आएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप