आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिरोका कारण अवरुद्ध पृथ्वीराजमार्ग पुनः सञ्चालनमा आयो

शनिबार, ०४ असार २०७९, ०७ : ४४
शनिबार, ०४ असार २०७९

पहिरोका कारण अवरुद्ध  भएको पृथ्वीराजमार्ग सञ्चालनमा आएको छ । वर्षासँगै चितवनको इच्छाकामा–४ स्थित घोप्टेभिर र ठाडेखोलामा गए राति ११ बजे पहिरो खस्दा राजमार्ग दुईतर्फी अवरुद्ध बनेको थियो  । 

पहिरो हटाएर  बिहान २ः३० बजेदेखि यातायात दुईतर्फी रुपमा पुनः सञ्चालन गरिएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ ।

सङ्घीय राजधानी काठमाडौँ जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन र कुरिनटारको बीचमा पर्ने घोप्टेभिरमा वर्षासँगै पटक–पटक पहिरो खस्दा सडक अवरुद्ध हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप