आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निर्वासनमा रहेका परवेज मुसर्रफलाई पाकिस्तान फर्काउने तयारी

शनिबार, ०४ असार २०७९, ०८ : ३६
शनिबार, ०४ असार २०७९

पाकिस्तानका पूर्व सैन्य नेता परवेज मुसर्रफलाई पाकिस्तान फर्काउने तयारी भइरहेको छ । सन् २०१६ देखि दुबई निर्वासनमा रहेका मुसर्रफको स्वास्थ्य अवस्था नाजुक भएको बताइएको छ । 

स्रोतका अनुसार मुसर्रफलाई  एयर एम्बुलेन्समार्फत पाकिस्तान फर्काउने तयारी भइरहेको छ ।  जियो न्युजका अनुसार उनलाई स्वदेश ल्याएर नै थप उपचार गर्ने तयारी भइरहेको छ । परिवारले मुसर्रफलाई पाकिस्तान ल्याउने निर्णय गरिसकेको छ । 

पूर्वराष्ट्रपति  मुसर्रफ विगत ६ वर्षदेखि उपचारका लागि दुबईमा छन् । मुसर्रफको स्वास्थ्यमा समस्या आएको खबर सार्वजनिक भएपछि गठबन्धन सरकारको प्रमुख घटक पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल–एन) र सैन्य नेतृत्वले पूर्व राष्ट्रपतिलाई स्वदेश फर्कन चाहेको खण्डमा स्वदेश ल्याउनुपर्ने बताएको थियो ।

पीएमएल–एन प्रमुख नवाज सरिफले गत साता गठबन्धन सरकारलाई मुसर्रफलाई पाकिस्तान फर्कन चाहेको खण्डमा सहजीकरण गर्न आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप