आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पहिराले बेँसीशहर–चामे सडक पुनः अवरुद्ध

शनिबार, ०४ असार २०७९, १० : ३५
शनिबार, ०४ असार २०७९

बेँसीशहर चामे सडक पहिरोका कारण पुनः अवरुद्ध भएको छ । शुक्रबार दिउँसोदेखि सञ्चालनमा आएको यस सडकमा अविरल वर्षासँगै बेँसीशहर नगरपालिका–६ खरखरे भीरमा आज बिहान पहिरो जाँदा पुनः अवरुद्ध भएको हो ।
 
खरखरे भीरमा ठुला–ठुला ढुङ्गासहितको पहिराले सडक अवरुद्ध बनाएपछि यात्रु बिहानदेखि नै अलपत्र परिरहेको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीले बताए । उनले भने, “त्यहाँ ठूलो पहिरो विगतमा गएकाले हल्का पानी पर्दा पनि पहिरो जाने र सडक अवरुद्ध हुने ठाउँ हो, झन केही दिनयता ठूलो वर्षा भइरहेकाले पहिराले सडक अवरुद्ध बनाइरहेको छ ।” प्रहरीका अनुसार १०-१५ मिटर सडक नै अवरुद्ध बनाएको छ । सोही वडाको बेलौती बिसना नजिकै पनि पहिराले सडक अवरुद्ध बनाएको छ । 

यतिबेला डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङको स्काभेटरले खुलाउने प्रयास गरे पनि कति समय लाग्ने यकिन नभएको बताइएको छ । बेँसीशहर चामे सडक लमजुङ र मनाङ जिल्ला जोड्ने एकमात्र सडक हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप