सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अनियन्त्रित जीप भेरी नदीमा खस्यो, चालक र सहचालकको मृत्यु

आइतबार, ०५ असार २०७९, ०६ : २०
आइतबार, ०५ असार २०७९

रुकुम पश्चिमको आठविसकोट नगरपालिका-११ चिसापानी नजिकै जीप दुर्घटना भएको छ । राडीबाट रिम्नातर्फ जाँदै गरेको ग १ ज १८९७ नम्बरको जीप शनिबार साँझ दुर्घटनामा परेको हो ।

दुर्घटनामा जीप चालक र सहचालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय आठविसकोटले जनाएको छ । चालक बाँफिकोट गाउँपालिका-८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका-११ का कमल खड्काको ज्यान गएको हो ।

प्रहरीका अनुसार जीप अनियन्त्रित भएर भेरी नदीमा खसेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप