सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

कति पुग्यो डलरको मूल्य ?

सोमबार, ०६ असार २०७९, १० : २६
सोमबार, ०६ असार २०७९

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्रीदर १२५.२२ रुपैयाँ र खरिददर १२४.६२ रुपैयाँ तोकेको छ । यस्तै, एक यूरोको बिक्रीदर १३१.४८ रुपैयाँ र खरिददर १३०.८५ रुपैयाँ छ भने पाउण्ड स्टर्लिङको बिक्रीदर १५३.०९ रुपैयाँ र खरिददर १५२.३५ रुपैयाँ छ ।

यता अस्ट्रेलियन डलरको बिक्रीदर ८६ं७९ रुपैयाँ र खरिददर ८६.३७ रुपैयाँ छ भने सिंगापुर डलरको बिक्रीदर ९०.०९ रुपैयाँ र खरिददर ८९.६६ रुपैयाँ छ । यसका साथै, १० जापानी येनको बिक्रीदर ९.२८ रुपैयाँ र खरिददर ९.२३ रुपैयाँ छ । यस्तै, १८.६४ रुपैयाँमा बिक्री भइरहेको चिनियाँ युवानको खरिददर १८.५५ रुपैयाँ कायम रहेको केन्द्रीय बैंकले जनाएको छ ।

३३.३७ रुपैयाँमा बिक्री भइरहेको साउदी रियालको खरिददर ३३.२१ रुपैयाँ छ भने कतारी रियालको बिक्रीदर ३४.३८ रुपैयाँ र खरिददर ३४.२२ रुपैयाँ छ । यसैगरी, संयुक्त अरब इमिरेट्स (यूएई)को दिरामको बिक्रीदर ३४.०९ रुपैयाँ र खरिददर ३३.९३ रुपैयाँ छ ।

यसैगरी, केन्द्रीय बैंकका अनुसार आज मलेसियन रिंगटको बिक्रीदर २८.४५ रुपैयाँ हुँदा खरिददर २८.३१ रुपैयाँ तोकिएको छ । यता १०० कोरियन वनको बिक्रीदर ९.७० रुपैयाँ हुँदा खरिददर ९.६५ रुपैयाँ छ । यसैगरी, हङकङ डलरको बिक्रीदर १५.९५ रुपैयाँ हुँदा खरिददर १५.८८ रुपैयाँ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप