सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

गगनको क्षेत्रमा युवा इन्जिनियर पोखरेलको स्वतन्त्र उम्मेदवारी घोषणा

मङ्गलबार, ०७ असार २०७९, ११ : २७
मङ्गलबार, ०७ असार २०७९

संघीय निर्वाचनको मिति तय नहुँदै देशका विभिन्न क्षेत्रमा युवा पुस्ताहरूले स्वतन्त्र उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ । स्थानीय निर्वाचनमा केही स्वतन्त्र उम्मेदवारले पाएको सफलताले पनि संघीय निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिनेको संख्या बढ्ने निश्चित देखिएको छ । 

यसै क्रममा काठमाडौं क्षेत्र नम्वर- ४ मा युवा इन्जिनियर आकर्षण पोखरेलले संघीय निर्वाचनका लागि स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । आज यस क्षेत्रको कपनमा आयोजित एक  कार्यक्रमका बीच पोखरेलले प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

सो क्रममा पोखरेलले आफूसँग विकासको एजेण्डा रहेको भन्दै  कसैलाई गाली गरेर नेता बन्न नचाहेको बताए । 

काठमाडौं क्षेत्र नम्वर- ४ नेपाली काँग्रेसका महामन्त्री गगन थापाले जित्दै आएको क्षेत्र हो । यसै क्षेत्रमा गत संघीय निर्वाचनमा थापासँग एमाले नेता राजन भट्टराई पराजित भएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप