मूल्यवृद्धिविरुद्ध अनेरास्ववियुले गर्यो प्रदर्शन (तस्बिरहरू)
मङ्गलबार, ०७ असार २०७९, १९ : २०
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ ।
एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गस्थित आरआर क्याम्पसबाट राके जुलुस निकालेको छ । यसअघि हिजो पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो। सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्यवृद्धि गरेको थियो ।