आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं महानगरपालिकाको सूचना : कुहिने र नकुहिने फोहोर नछुट्याए पटकैपिच्छे ५०० जरिवाना

बिहीबार, ०९ असार २०७९, १० : ४७
बिहीबार, ०९ असार २०७९

काठमाडौं महानगरपालिकाले कुहिने र नकुहिने फोहोर घरमै छुट्याउन सार्वजनिक सूचना जारी गरेको छ । महानगरपालिकाले साउन  १  गतेदेखि  स्रोतमा  नै  फोहोरको  पृथकीकरण  (कुहिने  र  नकुहिने  फोहोर  छुट्याउने)  गर्न महानगरवासीलाई अनुरोध गरेको हो । 

महानगरपालिकाले वातावरण  तथा  प्राकृतिक  स्रोत  संरक्षण  ऐन,  २०७७ को दफा २२ (१), (२) र फोहोरमैला व्यवस्थापन ऐन, २०६८ को दफा  ६  (१),  (२)  को  व्यवस्था  अनुसार  यो सूचना जारी गरेको हो । 

 उक्त व्यवस्था अनुसार जैविक (कुहिने) र अजैविक (नकुहिने) फोहोर छुट्याउने जिम्मेवारी फोहोर उत्पादन कर्ताको नै भएको भन्दै महानगरपालिकाले पृथकीकरण गरी जैविक (कुहिने) फोहोर सङ्कलन गर्न आउने दिन जैविक (कुहिने) फोहोर मात्रै सङ्कलन गर्ने र अजैविक (नकुहिने) फोहोर सङ्कलन गर्न आउने दिन अजैविक (नकुहिने) फोहोर मात्रै सङ्कलन गर्ने जानकारी गराएको छ । 

स्रोतमा नै फोहोरको पृथकीकरण नगरेमा फोहोर सङ्कलन नगर्ने भन्दै महानगरपालिकाले नियमअनुसार नगरे प्रत्येक पटक ५०० रुपैयाँ जरिवाना हुने स्पष्ट गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप