काँग्रेसको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा खड्का नियुक्त
शनिबार, ११ असार २०७९, ०५ : ५४
नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्का मनोनित भएका छन् ।
खड्कालाई कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिष्ठानको प्रमुखमा नियुक्त गरेका हुन् ।
कांग्रेसको विधान २०१७ (संशोधनसहित) को धारा ३६ (१) (क) बमोजिम खड्कालाई विधानको धारा ३६ र कांग्रेसको नियमावली २०७३ को नियम ३३ बमोजिम गठन हुने प्रतिष्ठानको प्रमुखमा नियुक्त गरिएको हो ।