आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पेट्रोलियम पदार्थको करमा छुट दिन सरकारलाई सत्ता गठबन्धनको निर्देशन

शनिबार, ११ असार २०७९, ११ : ५१
शनिबार, ११ असार २०७९

सत्ता गठबन्धनको बैठकले पेट्रोलियम पदार्थमा लिँदै आएको करमा छुट दिन सरकारलाई निर्देशन दिने निर्णय गरेको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले  बढ्दो महँगी नियन्त्रण गर्न र जनताको जीविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मुल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको हो।

सरकारले उक्त विषयलाई आजैको लागू हुनेगरी पेट्रोलियम पदार्थमा लगाएका करहरू कटौती गर्ने बताएको छ । 

यसअघि शुक्रबार मात्र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले पेट्रोलियम पदार्थमा लाग्दै आएको करमा ५० प्रतिशत घटाउन सरकारलाई निर्देशन दिएको थियो ।

समिति अन्तर्गतको बजार अनुगमन उपसमितिको बैठकले आयल निगमका पदाधिकारीसँग छलफल गरे गर्दै सरकारलाई सो निर्देशन दिएको थियो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप