सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

आइतबार, १२ असार २०७९, ०९ : ०३
आइतबार, १२ असार २०७९

प्रतिनिधि सभाको बैठक आज पनि बस्ने भएको छ ।  दिउँसो १ बजेबाट शुरु हुने बैठकमा  प्रधानमन्त्री शेरबहादुर देउवाले लोक सेवा आयोगको ६२ औँ वार्षिक प्रतिवेदन (२०७७ साउन–२०७८ असार) पेस गर्ने सम्भावित कार्यसूची छ । 

प्रधानमन्त्री देउवाले राष्ट्रिय सभामा उत्पति भएको नीति अनुसन्धान प्रतिष्ठान विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने अर्को कार्यसूची छ । त्यसैगरी लोक सेवा आयोग विधेयक, २०७५ माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

त्यस्तै वन तथा वातावरण मन्त्री रामसहायप्रसाद यादवले ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युटको सहभागितामूलक सदस्यका रुपमा सदस्यता प्राप्त गर्न स्वीकृति प्रदान गर्ने सम्बन्धी सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप