सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १४ असार २०७९, ०६ : ००
मङ्गलबार, १४ असार २०७९

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै अमेरिकी एक डलरको खरिद दर १२५ रुपैयाँ ०५ पैसा र बिक्री दर १२५ रुपैयाँ ६५ पैसा रहेको छ। युरो एकको खरिद दर १३२ रुपैयाँ  ३७ पैसा र बिक्री दर १३३रुपैयाँ रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १५३ रुपैयाँ ५६ पैसा र बिक्री दर १५४ रुपैयाँ ३० पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ २० पैसा र बिक्री दर ३४ रुपैयाँ ३६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप