पद्मश्री साहित्य पुरस्कारका उत्कृष्ट १५ पुस्तकको सूची घोषणा
पद्मश्री साहित्य पुरस्कारका लागि प्राप्त पुस्तकमध्येबाट उत्कृष्ट १५ सूची घोषणा गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले ०७८ मा प्रकाशित पुस्तकमध्ये प्रतिष्ठानलाई प्राप्त १४४ पुस्तकबाट पहिलो चरणमा १५ पुस्तक छनोट गरेको हो । दोस्रो चरणमा उत्कृष्ट संक्षिप्त सूची र अन्तिम चरणमा पुरस्कृत पुस्तक घोषणा हुने प्रतिष्ठानका अध्यक्ष जिवा लामिछानेले जानकारी दिए ।
उत्कृष्ट पुस्तक यस्ता छन्
अग्नि- डा नवराज लम्साल
अर्को भोर- केशवराज ज्ञवाली
एक सम्बोधन समयमाथि - दीनानाथ शर्मा
काफ्काको काम सकियो- राजव
गुरु - कविता राई
छाइल - लोकराज भट्ट
ताल्चा - दिलीप बान्तवा
निनाद- बल्लरी अलका आत्रये
पैतालामा हिउँ, आँखामा हिमाल - राजेन्द्रमान डंगोल
भिक्षूसँग प्रेम - उषा हमाल
भोजपुरको बाङ्मय - डा विप्लव ढकाल
महाभारा - बसन्त बस्नेत
मिथ्या - दीपक पराजुली
यादहरूको संग्राहलय - केवल विनाबी
सत्यमोहन - गिरीश गिरी