नेपालीलाई आदिकवि भानुभक्त र पन्तलाई गोपाल पाँडे असीम पुरस्कार
बुधबार, १५ असार २०७९, १२ : ५५
नेपाली शिक्षा परिषद्ले यस वर्षको आदिकवि भानुभक्त पुरस्कार चित्तरञ्जन नेपालीलाई प्रदान गर्ने भएको छ । साढे सात दशकदेखि नेपाली वाङ्मयको सम्वर्द्धनमा पु¥याएको योगदानका निमित्त नेपालीलाई सो पुरस्कार प्रदान गर्न लागिएको परिषद्ले जनाएको छ ।
असार २९ गते २०९ औं भानु जयन्तीको अवसर पारेर एक लाख २५ हजार राशिको सो पुरस्कार प्रदान गरिने जनाइएको छ । यस्तै, यस वर्षको गोपाल पाँडे असीम पुरस्कार रामप्रसाद पन्तलाई प्रदान गरिने भएको छ । संस्थागत विभिन्न रचनात्मक क्रियाकलापद्वारा नेपाली भाषा साहित्यको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याए बापत पन्तलाई ५० हजार राशिको सो पुरस्कार प्रदान गर्न लागिएको परिषद्ले जनाएको छ ।
उक्त पुरस्कार साउन ३१ गते परिषद्को ७२ औं वार्षिकोत्सव समारोहमा प्रदान गरिने जनाइएको छ ।