सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

डी जोङलाई भित्र्याउने तयारीमा म्यानचेष्टर युनाइडेट

बुधबार, १५ असार २०७९, १२ : ५७
बुधबार, १५ असार २०७९

इंग्लिस क्लब म्यानचेष्टर युनाइटेड स्पेनिस ला लिगा क्लब बार्सिलोनाका मिडफिल्डर फ्रेन्की डी जोङ अनुबन्ध गर्ने तयारी गरेको छ । 

जसका लागि क्लब ६५ मिलियन युरो तिर्न समेत तयार रहेको छ । यद्यपि केही कामले भने पूर्णता पाएको छैन । तर, स्थानान्तरणका लागि युनाइटेड बोर्ड सकारात्मक देखिएको छ । 

२५ वर्षीय नेदरल्यान्डका खेलाडीलाई नयाँ म्यानेजर एरिक टेन हाङले सुरुवातबाटै आफ्नो रणनीतिमा राखेको थिए । सन् २०१९ मा डी जोङ डच क्लब अजाक्सबाट बार्सिलोना भित्रिएका थिए । बार्सिलोना रहँदा उनले ९८ खेलमा ८ गोल गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप