स्वास्थ्य राज्य मन्त्री केसीद्वारा ट्रमा सेन्टरमा एक्सरे डीआर मेसिनको उद्घाटन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौंमा एक्सरे डीआर मेसिनको उद्घाटन गरेका छन् । एक्सरे डीआर मेसिनको उद्घाटन गर्दै स्वास्थ्य राज्यमन्त्री केसीले एक्सरे डीआर मेसिनको पूर्ण उपयोग गरेर बिरामीलाई सेवा दिनुपर्ने बताए ।
ट्रमा सेन्टरलाई एमआरआई मेसिन उपलब्ध गराउन पहल गर्ने समेत उनले बताएका छन् । यस्तै, उनले ट्रमामा २५ बेडको आइसीयू बनाउन र थप एक सय शैया बनाउने योजना बनाएको राज्यमन्त्री केसीले बताएका हुन् । यस्तै, ट्रमा सेन्टरका निर्देशक डा.प्रमोद कुमार यादवले एक्सरे डीआर मेसिन प्रयोगमा आउने बताए ।
ट्रमाका बिरामीहरुको डीयोग्राफी इमेज निकाल्न सकिन्छ । यो अटोमेटिक र पूर्ण प्रविधिमैत्री डीजीटलाइज्ड रेडियोग्राफी उपकरण हो । यसले विरामीहरुको प्रभावकारी ढंगले इमेज खिच्न सक्ने र ओभर लोड प्रोटेक्सनको पनि क्षमता रहेको सूचना अधिकारी अर्जुनप्रसाद भेटुवालले जनाकारी दिए ।