सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १७ असार २०७९, ०६ : ०७
शुक्रबार, १७ असार २०७९

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ ०६ पैसा र बिक्री दर १२६ रुपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ २८ पैसा र बिक्री दर १३१ रुपैयाँ ९० पैसा रहेको छ।


बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ ८४ पैसा र बिक्री दर १५३ रुपैयाँ ५६ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४१ पैसा र बिक्री दर ३४ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप