सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

शुक्रबार, १७ असार २०७९, ०९ : ११
शुक्रबार, १७ असार २०७९

संघीय संसद अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे शुरु हुनेछ । 

आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक-२०७९ माथिको दफाबार छलफल र पारित गरियोस्, राष्ट्र ऋण उठाउने विधेयक -२०७९ माथिको दफाबार छलफल र पारित गरियोस् तथा ऋण तथा जमानत (पच्चिसौँ संशोधन) विधेयक-२०७९ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यतालिका छ । 

त्यस्तै बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस्,  स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) २०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। 

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले रेल्वे विधेयक -२०७९ माथि सदनमा दफाबार छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप