आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

निजगढ विमानस्थलप्रति सत्ता गठबन्धनको चासो, कुन नेताले के भने ?

शनिबार, १८ असार २०७९, २२ : ४५
शनिबार, १८ असार २०७९

प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले आज  निमार्णाधिन निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षणका गरेका छन् । सो क्रममा शीर्ष नेताहरूले निजगढ अन्तर्राष्ट्रिय निर्माण हुनेमा विश्वस्त रहन आग्रह गरेका छन् । 

निर्माणाधिन विमानस्थलको अवलोकनपछि प्रधानमन्त्री शेरबहादुर देउवाले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उपयुक्त ठाउँ रहेको बताए । विधि र प्रक्रिया पूरा गरेर निजगढ विमानस्थललाई पूर्णता दिइने उनले बताए । 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा ढिलाइ गर्न नहुने बताए । यो विमानस्थल समयमै निर्माणको प्रक्रिया सुरु नभए करोडौँको लगानी अलपत्र पर्ने र फास्ट ट्र्याकको औचित्य पुष्टि नहुने भएकोले कुनै पनि हालतमा निजगढ विमानस्थल निर्माण हुनुपर्ने बताए । यस विमानस्थल निर्माणप्रति सरकारले देखाएको चासोलाई आफूले सकारात्मक रूपमा लिएको प्रचण्डले बताए ।

त्यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले सर्वोच्चको आदेशले विमानस्थल निर्माणमा रोक नलगाएको बताए । सर्वोच्चको पूर्ण पाठ हेर्दा वातावरण र पूर्वाधार विकासबीच सन्तुलन कायम गरेर विमानस्थल निर्माण गर्न सकिनेमा नेपालले जोड दिए । 

त्यसैगरी जसपा अध्यक्ष उपेन्द्र यादवले ५०, ६० वर्षपछिको अवस्थालाई मध्यनजर गर्दै विमानस्थल निर्माणको काम अघि बढाउनुपर्नेमा जोड दिए । यस विमानस्थल निर्माणमा राष्ट्रिय सहमति जुट्नुपर्नेमा यादवले जोड दिएका थिए । 

सर्वोच्च अदालतको पूर्ण पाठले निजगढमा विमानस्थल बन्न रोक नलगाएको निष्कर्षपछि शीर्ष नेताहरूले पहिलो पटक निर्माणक्षेत्रको भ्रमणमा गरेका हुन् ।  सो अवसरमा अर्थमन्त्री जनार्दन शर्मा, खानेपानी मन्त्री उमाकान्त चौधरी, बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे लगायतका नेताहरू निजगढ विमानस्थल क्षेत्रको अवलोकनका लागि निजगढ आइपुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप