सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आइतबार, १९ असार २०७९, ०६ : ०२
आइतबार, १९ असार २०७९

नेपाल राष्ट्र बैंकले आइतबारका  लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । 

यस्तै अमेरिकी एक डलरको खरिद दर १२६ रुपैयाँ १८ पैसा र बिक्री दर १२६ रुपैयाँ ७८ पैसा रहेको छ। युरो एकको खरिद दर १३१ रुपैयाँ ९०पैसा र बिक्री दर १३२ रुपैयाँ ५२ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५२ रुपैयाँ १० पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ४६ पैसा र बिक्री दर ३४ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप