सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मलेसियामा एनआरटीको अर्को लज्जास्पद हार

आइतबार, १९ असार २०७९, ०७ : २४
आइतबार, १९ असार २०७९

मलेसिया भ्रमणमा रहेको नेपालको सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब न्युरोड टिम (एनआरटी)ले टुवाङ याङ तेरुत (टिवाइटी) प्रतियोगिताको दोस्रो खेलमा पनि फराकिलो हार बेहोरेको छ ।

 

प्रतियोगिताअन्तर्गत शनिबार भएको दोस्रो खेलमा एनआरटी मलेसियन सुपर लिग क्लब पेनाङ एफसीसँग ५–० ले पराजित भयो । एनआरटीलाई पराजित गरेसँगै पेनाङले प्रतियोगिताको उपाधि जितेको छ । 

 

पेनाङ सिटी रंगशालामा पेनाङलाई जित दिलाउन लुकास सिल्भाले चार गोल गरे । यस्तै, अर्को एक गोल सारावानको नाममा रह्यो । लुकासले ४३औँ मिनेटमा गरेको गोलबाट पेनाङले अग्रता लिएको थियो । 

 

यस्तै, दोस्रो हाफमा लुकासले ह्याट्रिक थपेपछि पेनाङले ५–० को सहज जित निश्चित गरेको थियो । लुकासले ६८औँ मिनेटमा दोस्रो, ८०औँ मिनेटमा ह्याट्रिक र खेलको इन्जुरी समयमा चौथो गोल गरे ।

 

यसअघि बिहीबार भएको पहिलो खेलमा एनआरटी इन्डोनेसियाको लिग लु क्लबसँग पनि ५–१ ले पराजित भएको थियो ।

 

एनआरटी अब उतैबाट थाइल्यान्ड जाने तालिका छ । एनआरटीले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । एनआरटी ‘ए’ डिभिजन लिगको तयारी का लागि प्रि सिजन भ्रमण गएको हो । गत सिजन एनआरटी लिगमा तेस्रो भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप