मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार खारेजीको विरोधमा हजारौँ अस्ट्रेलियाली सडकमा

आइतबार, १९ असार २०७९, ०७ : ५०
आइतबार, १९ असार २०७९

अमेरिकाको सर्वोच्च अदालतले महिलाको गर्भपतनको संवैधानिक अधिकार  खारेज गरेको विरोधमा हजारौँ अस्ट्रेलियालीहरू देशभर  विरोध प्रदर्शनमा उत्रिएका छन् । 

सर्वोच्च अदालतले गत साता ऐतिहासिक १९७३ को रो भी वेड निर्णयलाई उल्ट्याउँदै गर्भपतन प्रतिबन्ध गर्ने अधिकार राज्यहरूलाई पुनर्स्थापना गरिदिएको थियो । 

अस्ट्रेलियाको सबैभन्दा ठुलो र्यालीमा करिब १५ हजार महिला र पुरुषले मेलबर्नमा प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले ‘मैले हजुरआमाबाट यो चिन्ह लिएको छु’ र ‘सबैले शारीरिक स्वायत्तताको अधिकारका हकदार छन्’ जस्ता प्लेकार्ड बोकेका थिए । 

अमेरिकामा जस्तै अस्ट्रेलियामा पनि गर्भपतनसम्बन्धी कानुन राज्यहरू नै तय गर्छन् । देशको सबैभन्दा बढी जनसङ्ख्या भएको न्यु साउथ वेल्सले सन् २०१९ मा गर्भपतनलाई वैधानिकता दिएको छ । न्यु साउद वेल्स गर्भपतनलाई अधिकार दिने अस्ट्रेलियाको अन्तिम राज्य हो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप