डी योङ पीएसभीमा फर्किए
आइतबार, १९ असार २०७९, १० : ४३
नेदरल्यान्ड्सको क्लब पीएसभीले स्ट्राइकर लुक डी जोङलाई स्पेनिस क्लब सेभियाबाट अनुबन्ध गरेको छ ।
स्ट्राइकर डी जोङले डच क्लब पीएसभीसँग तीन वर्षको सम्झौता गरेका छन् । डी जोङले गत सिजन बार्सिलोनामा बिताएका थिए ।
बार्सिलोनामा उनले २१ लिग खेल खेल्दै ६ गोल गरेका थिए । उनी सन् २०१९ मा उनी पीएसभीबाट स्पेनिस क्लब गएका थिए ।
त्यसपछि बार्सिलोनाले सेभियाबाट लोनमा उनलाई भित्राएको थियो ।