आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीय दूतावासद्वारा एम्बुलेन्स र विद्यालय बस प्रदान

आइतबार, १९ असार २०७९, १३ : ०४
आइतबार, १९ असार २०७९

नेपालस्थित भारतीय दूतावासले विभिन्न संस्थालाई ७५ वटा एम्बुलेन्स र १७ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरेको छ । 

विशेष गरी स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने विभिन्न सरकारी, गैरसरकारी तथा गैर नाफामूलक संस्थाहरुलाई सहयोग प्रदान गरिएको दूतावासद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलको उपस्थितिमा भारतीय राजदूत नवीन श्रीवास्तवले यी संस्थाहरुलाई चाबी प्रदान गरेका छन् । 

मन्त्री पौडेलले भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित विभिन्न विकास परियोजनाको प्रशंसा गर्नुका साथै यस्ता परियोजनाले जनता–जनताबीचको सम्पर्क र दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।  

त्यस्तै, भारतीय राजदूत श्रीवास्तवले स्वास्थ्य र शिक्षा क्षेत्रमा पूर्वाधार पक्षलाई सुदृढ गर्ने नेपाल सरकारको प्रयासलाई टेवा पु¥याउन नेपाल–भारत विकास साझेदारी कार्यक्रम अन्तर्गत यस्ता किसिमका सहयोग लामो समयदेखि चलिआएको बताए । 

सन् १९९४ यता नेपालका विविध जिल्लामा अवस्थित विभिन्न हितग्राही संस्थाहरुलाई ९४० वटा एम्बुलेन्स र १८४ वटा विद्यालय बस उपहारस्वरुप प्रदान गरिएको छ । यसले स्वास्थ्य र शिक्षा सुविधाहरुलाई सुदृढ गर्ने र यस्ता सेवाहरुमा मानिसहरुको पहुँच विस्तार गर्ने सरकारको प्रयासमा भारत सरकारको सहयोग सदैव रहने दूतावासले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप