सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

विपन्न दलित महिलालाई बाख्रा वितरण

आइतबार, १९ असार २०७९, १७ : ४४
आइतबार, १९ असार २०७९

आर्थिक रूपमा विपन्न अवस्थामा रहेका दलित महिलाको आय आर्जनमा टेवा पु¥याउन शुक्लाफाँटा नगरपालिका वडा नं ९ ले आज निःशुल्क बाख्रा वितरण गरेको छ । वडामा बसोवास गर्ने २५ जना दलित महिलालाई बाख्रा वितरण गरिएको हो ।

वडा अध्यक्ष रमेशबहादुर ऐरका अनुसार आब २०७८/७९ मा विनियोजित रु चार लाख खर्च गरेर बाख्रा वितरण गरिएको छ । “वडाका विपन्न अवस्थाका दलित परिवारलाई एक वटाका दरले बाख्रा वितरण गरेका छौँ”, उनले भने, “यसबाट दलित परिवारको आय आर्जनमा टेवा पुग्छ । वितरण गरिएका बाख्राबाट जन्मिएको पाठापाठी वडा कार्यालयले खरिद गर्नेछ । ती बाख्राका पाठापाठीहरू अर्का विपन्न परिवारलाई वितरण गर्छौँ ।” यो प्रकृया निरन्तर चलाइने उनले बताए ।

बाख्रा वितरण कार्यक्रमको शुभारम्भ गर्दै नगर प्रमुख रणबहादुर महराले बाख्रापालन निर्वाहमुखीभन्दा व्यावसायिक बन्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप