आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पाकिस्तानका सेना प्रमुखको निर्देशन–कमाण्डर र सेनाका अधिकारी राजनीतिबाट अलग रहनु

मङ्गलबार, २१ असार २०७९, ११ : १५
मङ्गलबार, २१ असार २०७९

पाकिस्तानका सेना प्रमुख जनरल कमर जाबेद बाजवाले देशका कमाण्डर र अन्तर–सेवा खुफिया (आईएसआई)सँग सम्बन्धित व्यक्तिसहित अन्य प्रमुख अधिकारीहरूलाई राजनीतिबाट अलग रहन र राजनीतिज्ञहरूसँग अन्तरक्रिया नगर्न निर्देशन दिएका छन् । पाकिस्तानको राजनीतिमा सेनाले हस्तक्षेप गर्ने आरोप लागिरहेका बेला सेना प्रमुखको यस्तो भनाइ आएको हो । 

पाकिस्तानी सेना  पञ्जाबमा आगामी उप चुनावलाई प्रभाव पार्न र पीटीआईलाई नोक्सान पुर्‍याउन राजनीतिक ‘डिजाइन’मा संलग्न रहेको विवरण सार्वजनिक भइरहेका बेला सेना प्रमुखको भनाइ सार्वजनिक भएको द न्युज इन्टरनेसनलले जनाएको छ । 

पाकिस्तानका पूर्वप्रधानमन्त्री पीटीआई प्रमुख इमरान खानले पनि आफ्ना पार्टीका केही उम्मेदवारहरूले आफूलाई अज्ञात नम्बरबाट टेलिफोन कल आएको गुनासो गरेको दाबी गरेका छन् । खानले आफ्नो पार्टीका नेता र कार्यकर्तालाई उप चुनावलाई ‘डिजाइन’ गर्न दबाब दिइएको बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप