सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बालाजुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

मङ्गलबार, २१ असार २०७९, १२ : २४
मङ्गलबार, २१ असार २०७९

काठमाडौं महानगरपालिका-१६ बालाजु पुल वारी सडकमा  बा ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । 

आज बिहान भएको दुर्घटनामा चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप