बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

राशिअनुसार आजको आफ्नो भाग्य हेर्नुहोस्

आइतबार, २४ मङ्सिर २०७४, ०६ : १६
आइतबार, २४ मङ्सिर २०७४

आजको राशिफल
बि.स.२०७४ मंसिर २४ गते । आईतबार । ईश्वी सन् २०१७ डिसेम्बर १० तारिख । नेपाल सम्बत् ११३८ । साधारण संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९३९ । पौष कृष्ण पक्ष । तिथि सप्तमी १ घडी ४२ पला,बिहान ७ बेजेर २६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र पूर्वाफाल्गुनि ४१ घडी ०७ पला,रातको ११ बजेर १२ मिनेट उप्रान्त उत्तरफाल्गुनि । योग विष्कुम्भ ०९ घडि ४१ पला, बिहान १० बजेर ३७ मिनेट उप्रान्त प्रिती । करण बव,बिहान ७ बजेर २६ मिनेट उप्रान्त वालब,बेलुकी ६ बजेर ४७ मिनेट उप्रान्त कौलव । आनन्दादिमा छत्र योग । 

चन्द्रराशि सिंह ।  रवि–सप्तमी व्रत। अष्टमी व्रत। गोरखकाली पूजा। मानव अधिकार दिवस। २३स्१२ बजेदेखि सर्वार्थसिद्धि योग। 

काठमाडौंमा सूर्योदय ६ बजेर ४५ मिनेट, सूर्यास्त बेलुका ०५ बजेर ०७ मिनेट जादा । दिनमान २५ घडी ५६ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) शिक्षामा गरिएको लगानिबाट भनेजस्तो आम्दानि नहुँने तथा बिद्यार्थि वर्गले चाहेजस्तो सफलता हात लगाउँन निकैनै मेहनेत गर्नु पर्नेछ । भौतिक सम्पति प्रयोग गर्दा ध्यान दिनुहोला अप्रिर्य घट्ना नघट्ला भन्न सकिन्न । माया प्रेममा अबिश्वास बढ्ने तथा पति पत्निबिच एक अर्कालाई शंकाको दृष्टिले हेदा समस्या उत्पन्न हुँनेछ । खानपानमा ध्यान दिनुहोला पेट सम्बन्धि समस्या नआउँला भन्न सकिन्न ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कृषि तथा पशुपालन व्यावसाय फस्टाएर जानेछ भने अरु व्यावसायमा नाँफा कमाउँन निकैनै संघर्ष गर्नुपर्नेछ । सवारि साधन तथा घर जग्गाको कारोबारबाट केहि मात्रमा लाभ लिन सकिनेछ । बिद्या तथा प्रतिश्पर्धामा सफलता पाउँन बढिनै मेहनेत गर्नु पर्नेछ । आमा तथा आमासरहका मानिससँग मनमुटाब बढ्नेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । राजनिति तथा समाजसेवामा जनताको समर्थन प्राप्त हुनेछ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) न्यायिक निर्णयहरु तपाईकै पक्षमा आउँनेछ भने प्रतिष्पर्धिहरुलाई परास्त गर्दै अपेक्षित नतिजा हात पार्न सकिनेछ । बिद्यामा तपाईको नाम अग्र स्थानमा आउँने तथा अन्य क्रियाकलापमा पनि सहभागि भई प्रतिष्पर्धिहरुलाई हराउँन सकिनेछ । माया प्रेममा नजिकिने समय रहेकोछ भने पति पत्निबिच मायाको डोरो कसिलो भएर जानेछ ।  व्यापारमा प्रशस्त आम्दानि हुँने हुँनाले दैनिकि सहज मार्गमा अगाडि बढ्नेछ । खेलकुद तथा यस्तै पराक्रमि क्रियाकलापमा भाग लिन सकिनेछ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अध्ययनमा अभिरुचि बढ्नेछ भने उल्लेख्य सफलता प्राप्त हुँनेछन् । आफन्त तथा परिवारको साथ रहने हुँदा उपलब्धिमुलक कामहरु समयमा नै सम्पन्न हुँनेछन् । होटल तथा रेष्टुरेन्ट व्यावसायमा समय खर्चिने हरुले प्रशस्त नाँफा कमाउँन सक्नेछन् । प्रेममा रमाउँन चाहनेहरुका लागि समयले साथ दिने हुँनाले एक अर्कालाई बिश्वास गर्दै जान सकिनेछ । बोलिको प्रभाव बढ्ने हुँनाले बोलेरै राम्रा कामहरु गर्न सकिनेछ ।

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय र परिस्थितिको राम्रो सँग अध्ययन गरेर काम कामहरु थालनि गर्नुहोला अरुको सल्लाह तथा सुझाब मान्दा व्यापार व्यावसायमा लगानि फस्ने योग रहेकोछ । राजनिति तथा समाजसेवामा कमाएको ईज्जत प्रतिष्ठा यथास्थानमा राख्न हम्मे हम्मे पर्नेछ । भौतिक सम्पति तथा बिलाशि बस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला । घर परिवार तथा आफन्त जनसँग मनमुटाब बढ्ने योग रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुँनेछ । अनाबस्यक ठाउँमा बल प्रयोग हुँनुको साथै बिद्या तथा प्रतिश्पर्धामा अरु भन्दा पछि परेको भान हुँनेछ । स्वास्थ्य सम्बन्धि सामान्य समस्याले सताउँन सक्छ खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा बैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने बेदेशिक यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईदेखि टाडिनेछन् । र

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते) लाभ भावमा रहने चन्द्रमाले खनिज पदार्थ तथा पानिसँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । पढाई लेखाईमा राम्रो तथा सम्मानजनक स्थान प्राप्त हुँने हुँदा मन खुसि रहनेछ । माया प्रेममा एकअर्कालाई बिश्वास गर्दै अगाडि बढ्ने समय रहेकोछ । बिभिन्न किसिमका मानव निर्मित सामानहरु प्राप्त हुँनेछन् भने आफुसँग भएको शिप प्रयोग गरि आम्दानि बढाउँन सकिनेछ । सामाजिक काम गरि राज्यबाट पद प्रतिष्ठा पाउँने गतिलो योग रहेकोछ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)  राजनितिमा जनताको सम्मानजनक समर्थन प्राप्त हुनेत भने सम्मानित काम सम्पादन गर्न सकिनेछ ।  व्यापार व्यावसायमा सोचेभन्दा अढिनै आम्दानि हुँने हुँदा नयाँ क्षेत्रमा लगानि गर्न जागर आउँनेछ भने रोजगारिका अवसरहरु सिर्जना गर्न सकिनेछ । जागिर पाउँने तथा गरिरहेको ठाउँमा बढुवा हुँने प्रशस्त सम्भावना रहेकोछ । अध्ययन तथा अध्यापनमा सहकर्मिको साथले नयाँ कुराको खोज तथा अनुशन्धान गर्न सकिनेछ भने सार्थक नतिजाले उत्साह जगाउँनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ भने समाजमा जनताको काम गर्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । भाग्यले साथ दिने हुँनाले व्यापार व्यावसायमा थोरै समय लगानि गर्दापनि प्रशस्त आम्दानि गर्न सकिनेछ । लामो दुरिको अध्ययन यात्रा हुँनेछ भने धार्मिक स्थल तथा मन्दिर तिर गई मनलाई शान्त पार्न सकिनेछ । सरकारि स्तरमा तपाईको प्रभाव बढ्ने हुँनाले समयमा कामहरु बन्नेछन् । 

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) वादबिवाद तथा झै झगडाबाट टाडै बस्नुहोला अनाबस्यक धन तथा स्थाई सम्पति हानि हुँन सक्छ । अध्ययन अध्यापनमा मन नजाने हुँनाले प्रतिष्पर्धिहरु हावि हुँनेछन् । आम्दानिको तुलनामा खर्च अधिक हुँने हुँदा दैनिक गुजार गर्न गाह्रो हुँनेछ । घर परिवार तथा चेलि माईतिबिच सामान्य कुरामा राय बाजिनेछ । व्यापार व्यावसायमा भनेजस्तो आम्दानि नहुँने हुँदा तिर्नु पर्ने ठाउँमा रकम दिन नसक्दा मन खिन्न हुँनेछ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) साझेदारि व्यापार व्यावसायबाट प्रशस्त नाँफा कमाउँन सकिनेछ । पर्यटन सम्बन्धि ब्यावसाय फस्टायर जानेछ । पारिवारिक माहोलमा दिन बित्ने हुँदा मन प्रशन्न रहनेछ । माया प्रेम तथा पति पत्नि बिच को सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ । बैदेशिक यात्राको सम्भावना निकै बलियो रहेको छ । साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुँनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) न्यालयबाट हुँने व्यायिक निर्णयहरु तपाईकै पक्षमा फैसला हुँने हुँदा मन खुसिले उचाई नाघ्नेछ । पढाई लेखाईमा नसोचेको सफलता हात लाग्नेछ । व्यापारमा बृद्धि हुँनेछ भने थप ठाउँमा लगानि गर्न सकिनेछ । आफन्त तथा मावलि पक्षबाट भनेजस्तो सहयोग पाईने हुँदा शाहस तथा पराक्रम बढेर जानेछ । पुराना समस्याहरु सल्टाउँन सकिने तथा नयाँ कामको थालनि गर्न सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ ।

तपाईको दिन शुभ रहोस् । 
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
काठमाडौं फोन न.९८०८३०७२७५

नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप