सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने गरी मौद्रिक नीति ल्याउनुपर्छ - अध्यक्ष राणा

मङ्गलबार, २१ असार २०७९, २० : ५८
मङ्गलबार, २१ असार २०७९

होटल संघ अफ नेपालकी अध्यक्ष सृजना राणाले कोभिड महामारीका कारण विदेशी पर्यटक नेपाल नआउँदा आन्तरिक पर्यटन बजार फस्टाएको बताएकी छन् । आज नेपाल व्यवस्थापन संघले मौद्रिक नीतिमा सुझाव दिन आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कोभिडको समयमा आन्तरिक पर्यटक बजार चलायमान बन्दा नेपालका होटल व्यवसाय धानिएको बताएकी हुन् ।

कोरोना महामारीको समयमा सरकारले नीतिगतरुपमा होटल र पर्यटन व्यवसायीलाई धेरै हदसम्म सहज बनाएको उनको भनाइ छ । तर, राज्यले आन्तरिक पर्यटन बजारलाई चलायमान बनाउनका लागि ल्याएको नीति नै कार्यान्वयन नहुँदा समस्या परेको राणाको भनाइ छ । सोहीकारण, राज्यले भावी दिनमा लिने नीति कार्यान्वयनको आस गरेको उनको भनाइ छ ।

नेपालको वातावरण नै पर्यटनका लागि बनेको भएपनि सरकारले यो व्यवसायलाई हेला गरेको भान हुने राणाले बताइन् । ‘सरकारले अन्य व्यवसायलाई जति प्राथमिकता दिन्छ । पर्यटनलाई त्यति प्राथमिकता दिँदैन,’ उनले भनिन्, ‘राज्यले पर्यटन व्यवसायलाई उद्योगको दर्जा नै दिएको छैन ।’ यस क्षेत्रले नेपालमा पर्याप्त मात्रामा रोजगारी सृजना गर्न सक्ने भएपनि राज्यको प्राथमिकतामा नपर्दा समस्या भएको राणाले बताइन् ।

सोहीकारण, आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत पर्यटन व्यवसायलाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको उनले बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप