नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द, दोस्रो खेल आज
बुधबार, २२ असार २०७९, ०६ : ३०
नेपाल र घरेलु टोली क्यानडाबीचको पहिलो एकदिवसीय खेल रद्द भएको छ । किङ सिटी स्टेडियममा नेपाली समय अनुसार मंगलबार ९ः४५ को लागि तय भएको खेल वर्षाको कारण रद्द भएको हो ।
दुई खेलको एकदिवसीय सिरिजका लागि क्यानडा पुगेको नेपाली टोलीले आज दोस्रो एकदिवसीय खेल खेल्नेछ ।
विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले क्यानडाको भ्रमण गरेको हो ।
यस अघि नेपाली टोलीले स्थानीय ओन्टारियो क्लबसँग दुई अभ्यास खेल खेलेको थियो । दुबै खेल नेपालले जितेको थियो।