सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

पीएसजीको मुख्य प्रशिक्षकमा गाल्टिएर नियुक्त

बुधबार, २२ असार २०७९, ०७ : ०९
बुधबार, २२ असार २०७९

फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले क्रिस्टोफ गाल्टिएरलाई मुख्य प्रशिक्षकमा अनुबन्ध गरेको छ । 

अर्जेन्टिनी प्रशिक्षक माउरिसियो पोचेटिनोलाई बर्खास्त गरेको केही घन्टामै पीएसजीले गाल्टिएरलाई दुई वर्षका लागि नियुक्त गरेको हो । यसअघि पोचेटिनोले क्लबमा १८ महिना बिताए । 

नयाँ प्रशिक्षक गाल्टिएरको पार्क डेस प्रिन्सेसमा सन् २०२४ सम्मको कार्यकाल रहनेछ ।  ५५ वर्षीय फ्रान्सेली पुर्व डिफेन्डर गाल्टिएर फ्रेन्च क्लब निसका प्रशिक्षक थिए । 

अब, गाल्टिएरलाई फ्रेन्च च्याम्पियनसंग रहदा यूईएफए च्याम्पियन्स लिग मुख्य लक्ष्य हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप