यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
बुधबार, २२ असार २०७९, ०७ : ३८
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बुधबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ५५ रुपैयाँ, कागती १६० रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ५२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।