मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

खैरो हेराइन सहित कैलालीबाट २ जना पक्राउ

बुधबार, २२ असार २०७९, १२ : ३०
बुधबार, २२ असार २०७९

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका बाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ गौरिकटान  घर भएका २३ वर्षीय प्रेम ताम्राकार र गोदावरी नगरपालिका–१२ घर भएका २९ वर्षीय धर्म बडौला छन् ।

प्रेम ताम्राकारको साथबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । 

धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट पक्राउ गरिएको बडौलाको साथबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप