सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

महिला युरोकप : इङ्ग्ल्यान्डको विजयी सुरुवात

बिहीबार, २३ असार २०७९, ०७ : १५
बिहीबार, २३ असार २०७९

बेथ मिडको निर्णायक गोलमा आयोजक इङ्ग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ ।

बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इङ्ग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो । इंग्ल्याण्डको जितमा बेथ मिडले पहिलो हाफको १६ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । 

जितसँगै समूह ए मा तीन अंक जोडेको इङ्ग्ल्यान्ड​ शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ । जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा विभाजन गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप