यस्तो छ तरकारी तथा फलफूलको आजको मूल्यसूची
बिहीबार, २३ असार २०७९, ०७ : ४३
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी र फलफूलको भाउ तोकेको छ ।
बिहीबार रातो आलुको मूल्य प्रतिकेजी ५४ रुपैयाँ ५० पैसा रहेको छ । त्यसैगरी अदुवा प्रतिकेजी ६५ रुपैयाँ रहेको छ । अनार ३७५, आँप मालदह प्रतिकेजी १४५ रुपैयाँ र केरा दर्जनको १४५ रुपैयाँ तोकिएको छ ।
स्थानीय काउली ४५ रुपैयाँ, कागती ११५ रुपैयाँ, कुरिलो २७५ रुपैयाँ र लोकल सानो गोलभेँडा ५२ रुपैयाँ ५० पैसा प्रति केजी तोकिएको छ ।