सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

बाजुराको बूढीगंगा​मा जारी मतदान शान्तिपूर्ण, एमाले र काँग्रेसबीच  प्रतिस्पर्धा

बिहीबार, २३ असार २०७९, ०९ : ४५
बिहीबार, २३ असार २०७९

बूढीगंगा नगरपालिकामा नयाँ जनप्रतिनिधि चयन गर्न लागि पुनः मतदान जारी रहेको छ । गत वैशाख ३० गते भएको बिबादमा परेर स्थगित भएको स्थानीय तहको निर्वाचन राजनीतिक दलको सहमति अनुसार आज सुरु भएको छ । मतदान बिहान ९ बजे देखी साँझ ५ सम्म चल्नेछ ।

१० वटा मतदान स्थलमा मतदान जारी रहेको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारले जानकारी दिए । उनका अनुसार मतदान शान्तिपूर्ण तरिकाले जारी रहेको छ ।

गत निर्वाचनमा मुख्यतः कांग्रेस र एमालेले बुथ कब्जा गरेर मत परिणाम प्रभावित पार्न खोजेको आरोप लगाएपछि निर्वाचन आयोग, बाजुराले अन्तिम समयमा मतदान स्थगित गरेको थियो । सर्वोच्च अदालतसम्म पुगेको सो स्थगित मतदानलाई पुनः राजनीतिक दलहरूको आपसी सहमतिमा २३ असारमा सुरु गरिएको हो ।  

जारी निर्वाचनमा बूढीगंगा नगरपालिकाको भावी मेयर पदका लागि नेपाली कांग्रेसका रंग खाती र एमालेका रामबहादुर बानियाँ बलिया उम्मेदवार मानिएका छन । बूढीगंगा​को मत परिणाम आएसँगै स्थानीय तहको निर्वाचन भने औपचारिक रुपमा अन्त्य हुनेछ । स्थानीय तहको निर्वाचन परिणाम आउन बाँकी बुढीगंगा मात्रै एक्लो र अन्तिम स्थानीय तह हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप