आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

ट्राफिक नियम उल्लङ्घन गर्ने २ हजार ४ सय बढी सवारी चालक कारवाहीमा

बिहीबार, २३ असार २०७९, १० : ५४
बिहीबार, २३ असार २०७९

ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ४२८ जना सवारी चालकलाई कारवाही गरेको छ । 

ट्राफिक नियम उल्लंघन गरेका कारण  बुधबार काठमाडौं  उपत्यकाको विभिन्न स्थानमा उनीहरुलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

कारवाहीमा पर्नेमा फुटपाथमा पार्किङ गर्ने १५१ जना, मदिरा पिएर सवारी साधन चलाउने १३३ जना, तिब्र गतीमा सवारी साधन चलाउने ९८ जना, लेन उल्लंघन गर्ने ८७ जना, जथाभावी यात्रु चढाउने तथा ओराल्ने ६८ जना रहेका छन् । 

ढोका खुल्लै राखेर सवारी चलाउने ६४ जना, रातो बत्तीको उल्लङ्घन गर्ने ५५ जना, अवस्था ठिक नभएका सवारी साधन चलाउने ४१ जना र क्षमता भन्दा बढी यात्रु राख्ने ३२ जना चालकलाई पनि कारवाही गरिएको कार्यालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप