सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जिविकोपार्जन पुनः उत्थानका रिभर गाइड लाइसेन्सिङ तालिम सुरु

बिहीबार, २३ असार २०७९, १९ : ०७
बिहीबार, २३ असार २०७९

संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) सँगको सहकार्यमा नेपाल पर्यटन बोर्डले जिविकोपार्जन पुनः उत्थानका लागि रिभर गाइड लाइसेन्सिङ तालिम सुरु गरेको छ । दिगो पर्यटन परियोजना ‘सेस्टेनेवल टुरिजम फर लाइहुड रिकभरी प्रोजेक्ट (एसटीएलआरपी) कार्यक्रमअन्र्तगत बोर्डले असार २३ गतेबाट नेपाल एकेडेमी अफ टुरिजम एण्ड होटल म्यानेजमेन्ट (नाथम) काठमाण्डौमा रिभर गाइड लाइसेन्सिङ्ग तालिम सुरु गरेको हो ।

यो तालिम एक सात चल्ने बोर्डले जनाएको छ । नेपाल पर्यटन बोर्ड, एसटीएलआरपी परियोजनासँगको साझेदारीमा नेपाल एसोसियसन अफ ¥याफ्टिङ्गएजेन्सीज (नारा) को आयोजनामा तथा नाथमसँगको सहकार्यमा ४० जना रिभर गाइडलाई तालिम प्रदान गर्न लागिएको हो । तालिममा १२ महिला र २८ जना पुरुष गरी ४० जनाको सहभागिता रहेको छ । परियोजनाले गत वर्ष अल्पकालीन रोजगारीलाई जोड दिएकोमा अहिले केही नयाँ जनशक्ति थप गर्ने तथा भएको जनशक्तिलाई थप दक्ष बनाउने गरी यस प्रकारका तालिम सञ्चालन गरेको पर्यटन बोर्डका निर्देशक तथा परियोजनाका राष्ट्रिय परियोजना संयोजक मणिराज लामिछानेले जानकारी दिए ।

तालिमको उद्घाटनका क्रममा नाथममा विभागीय प्रमुख अजय ढकालले दक्ष रिभर गाइडहरुको माग रहेकोले यस तालिमबाट त्यो आवश्यक्ता पूर्ति हुने बताए । उनले नाथमबाट उत्पादित जनशक्तिको बजारमा राम्रो छाप रहेकोले यस तालिमबाट उत्पादित  जनशक्तिले समेत त्यो छविलाई कायम राख्ने विश्वास व्यक्त गरे । 
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप