मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

२०७९ को ‘जसुदा स्मृति पुरस्कार’ कवि सुन्दर कुरूपलाई प्रदान गरिने

बिहीबार, २३ असार २०७९, २१ : ४६
बिहीबार, २३ असार २०७९

यो वर्ष अर्थात् २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ इलामका कवि सुन्दर कुरूपलाई प्रदान गरिने भएको छ । बिहीबार बसेको भानु प्रतिमा संरक्षण तथा साहित्य सम्वर्द्धन समितिको बैठकले २०७९ सालको ‘जसुदा स्मृति पुरस्कार’ कवि कुरूपलाई दिने निर्णय गरेको हो ।

पुरस्कारमा नगदसहित सम्मानपत्र रहेको समितिले जनाएको छ । इलामकी चेली कवि तथा पत्रकार जसुदा खाकीको स्मृतिमा उनका पति पत्रकार पुष्पराज प्रधान तथा उनका परिवारले पुरस्कारको स्थापना गरेका हुन् । कवि कुरूपका दुई कृतिहरू जुनको अनुहार र पृथ्वीको आविष्कार प्रकाशित छन् । यहीँ महिनाको अन्तिममा सदरमुकाममा एक समारोहबीच सो पुरस्कार प्रदान गरिने समितिले जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप