सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अटलबिहारी बाजपेयीको बायोपिकमा पंकज त्रिपाठी

शुक्रबार, २४ असार २०७९, १२ : १५
शुक्रबार, २४ असार २०७९

बलिउडमा हरेक वर्ष कसै न कसैको बायोपिक बनिरहन्छ । केही दिनअघि भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको बायोपिक बन्ने चर्चा चलेको थियो । यो फिल्म एनपीको पुस्तक ‘द अन्टोल्ड बाजपेयी एन्ड पेराडक्स’मा आधारित हुनेछ ।

यो फिल्ममा प्रमुख भूमिकामा अभिनेता पंकज त्रिपाठीले अभिनय गर्ने भएका छन् । फिल्म निकट स्रोतले पनि पंकज नै फिल्ममा प्रमुख भूमिकामा रहने पुष्टि गरेको छ । पंकजले हालैमात्र रिलिज फिल्म ‘शेरदिल’मा अभिनय गरेका थिए ।

यो फिल्मलाई विनोद भानुशाली, संदीप सिंह, सेम खान, कमलेश भानुशाली र विशाल गुरनानीले निर्माण गर्दैछन् । फिल्म सन् २०२३ को क्रिसमसमा रिलिज गर्ने योजनामा निर्माण पक्ष छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप