सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेपालले प्रतिस्पर्धात्मक खेल्दै राम्रो नतिजा ल्याउँछ – मुख्य प्रशिक्षक केसी

शुक्रबार, २४ असार २०७९, १२ : ४८
शुक्रबार, २४ असार २०७९

भारतमा आयोजना हुने साफ यु–२० च्याम्पियनसिपका लागि यति बेला युवा टोली बन्द प्रशिक्षणमा छ ।  मुख्य प्रशिक्षक मेघराज केसीले खुला प्रतिस्पर्धाबाट खेलाडी छनोट गरी भारतमा आयोजना हुने प्रतियोगिताका लागि बिहान र बेलुका प्रशिक्षण गराइरहेका छन् । कडा मिहिनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको हो । 

देशभरबाट खुला प्रतिष्पर्धा गराई अखिल नेपाल फुटबल संघले यु–२० टोलीको निमार्ण गरेको छ । कोरोना महामारीका कारण उमेर समूहका केही खेल तथा कार्यक्रममा प्रभावित हुँदा एन्फाले खुला छनोट गरेको थियो । सोही छनोटबाट अहिले ३० खेलाडीले दिनहुँ अभ्यास गरिरहेका छन् । ललितपुरस्थित एन्फा कम्प्लेक्समा उनीहरुले राम्रो नतिजाको खोजीमा अभ्यासलाई तीब्रता दिइरहेका हुन्  र मुख्य लक्ष्य साफ यु–२० प्रतियोगितामा राम्रो गर्ने रहेको छ ।

खेलाडी छनोटदेखि प्रारम्भिक टोली निमार्णका लागि मिहिनेत गरेका मुख्य प्रशिक्षक मेघराज केसीले खेलाडीको अभ्यासबाट आफू सन्तुष्ट रहेको र राम्रो नतिजा ल्याउनमा आशावादी भएको बताए ।

प्रशिक्षक केसीले खुला प्रतिस्पर्धाबाट ७ सय खेलाडीबाट ४१ खेलाडी छनोट गरेका थिए । अघिल्लो साता मात्र ११ खेलाडीलाई बिदाई दिएका केसीले अहिले ३० खेलाडीलाई प्रशिक्षण गराइरहेका छन् । टोलीले बिहान र बेलुका गरी दुई सेसनमा प्रशिक्षण गरिरहेका छन् । कडा मिहिनेत गरिरहेको युवा टोलीले साफमा इतिहास रच्ने रणनीतिका साथ तयारीलाई तीब्रता दिइरहेको हो । 

जुलाई २५ देखि अगस्ट ५ सम्म हुने च्याम्पियनसिपमा आयोजक भारत, नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले सहभागिता जनाउँदै छन् । च्याम्पियनसिपका लागि यसअघि तालिका पनि सार्वजनिक भइसकेको छ । उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ । भुवनेश्वरस्थित कलिङ्ग स्टेडियममा हुने उद्घाटन खेल जुलाई २५ मा हुनेछ । 

नेपालले दोस्रो खेलमा श्रीलङ्कासँग जुलाई २७ मा खेल्ने तालिका छ । त्यस्तै भारतसँग जुलाई ३१ र अन्तिम खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । शीर्ष दुई टोलीले उपाधिका लागि अगस्ट ५ मा प्रतिष्पर्धा गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप