सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

अर्जेन्टिनी मिडफिल्डर डी मारिया युभेन्ट्समा अनुबन्धित

शनिबार, २५ असार २०७९, ०६ : १५
शनिबार, २५ असार २०७९

अर्जेन्टिनी मिडफिल्डर एन्जल डी मारिया इटालियन क्लब युभेन्ट्समा अनुबन्धित भएका छन् । सिरी ए क्लब युभेन्ट्सले डी मारियालाई फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

युभेन्ट्ससँग एक वर्षको सम्झौता गरेका डी मारियाले २२ नम्बरको जर्सी लगाउने भएका छन् । ३४ वर्षीय डी मारियाले सिजनको अन्त्यसँगै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) छाडेका थिए ।

डी मारिया सन् २०१५ मा म्यानचेस्टर युनाईटेडबाट पीएसजी आएका थिए । पीएसजीका लागि उनले २ सय ९४ खेलमा ९१ गोल गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप