मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

आबेलाई गोली हान्ने यामागामीले प्रहरीसमक्ष दिए यस्तो बयान

शनिबार, २५ असार २०७९, ०६ : ४८
शनिबार, २५ असार २०७९

जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्याको अनुसन्धान गरिरहेको प्रहरीले संदिग्ध व्यक्तिले आबे आबद्ध ‘विशेष संगठन’विरुद्ध गुनासो गरेको जनाएको छ । 

४१ वर्षीय आक्रमणकारी तेत्सुया यामागामीले आबेलाई उक्त समूहको सदस्य भएको विश्वासमा आक्रमण गरेको बयान दिएका छन् ।  तर, समूहको नाम बताइएको छैन् । 

शुक्रबार बिहान एक राजनीतिक प्रचार कार्यक्रममा बोल्ने क्रममा आबेमाथि गोली प्रहार भएको थियो । उनको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

आफूले घरेलु बन्दुकले गोली हानेको आक्रमणकारीले स्वीकार गरेको प्रहरीले जनाएको छ । आबे जापानको सबैभन्दा लामो समय सेवा गर्ने प्रधानमन्त्री थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप