सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने

शनिबार, २५ असार २०७९, ०९ : १७
शनिबार, २५ असार २०७९

नेकोस राष्ट्रिय क्रिकेट संघले अम्पायरिङ र स्कोरिङ तालिम आयोजना गर्ने भएको छ । इलाममा आयोजना हुने तालिम असार ३१ देखी साउन १ गतेसम्म चल्नेछ । 

तालिमको मुख्य प्रशिक्षकमा अन्तराष्ट्रिय अम्पायर बुद्धि बहादुर प्रधान रहेको संघका अध्यक्ष विप्लव घोषले जनाएका छन् । अध्यक्षका अनुसार तालिममा नेपाली महिला तथा पुरुषले सहभागिता जनाउन पाउने र नेपाली नागरिकता अनिवार्य गरिएको छ ।

नेकोस राष्ट्रिय क्रिकेट संघले दुई हप्ता अगाडी एक पत्रकार सम्मेलन मार्फत आफ्नो वार्षिक क्यालेन्डर सार्वजनिक गरेको थियो । संघको बार्षिक कार्यक्रम अन्तर्गत नै यो तालिम आयोजना हुने भएको हो ।

नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गर्ने यस तालिमलाई नेपाल क्रिकेट संघ (क्यान)ले मान्यता दिएको छ । तालिमको व्यवस्थापकमा इलाम जिल्ला क्रिकेट संघ रहेको छ । यो तालिमलाई प्रादेशिक क्रिकेट संघ, प्रदेश नं. एकले सहयोग गरेको छ । साथै बिशेष सहयोगीमा नेपाल क्रिकेट संघ (क्यान) रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप