मोहना नदीले धार परिवर्तन गरेपछि ...
शनिबार, २५ असार २०७९, ११ : २३
कैलालीको धनगढी स्थित मोहना नदीले पानीको सतह बढेसँगै धार परिवर्तन गरेको छ । गोदावरी –९ मा नदीले धार परिवर्तन गर्दा खेतीयोग्य जमिनमा क्षति पुगेको छ ।
यसअघि बाढी पूर्वानुमान महाशाखाले नदीमा पानीको सतहले खतराको तह पार गरेको भन्दै तटीय क्षेत्रहरू तथा डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क हुन आग्रह गरेको थियो ।
बाढी पूर्वानुमान महाशाखाका अनुसार कान्द्रा र मोहनामा पानीको सतह बढ्दो क्रममा छ भने कर्णाली नदीमा पानीको बहाव स्थिर रहेको छ ।