मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

तीन मुक्तक

शनिबार, २५ असार २०७९, ११ : ४०
शनिबार, २५ असार २०७९


यो ढुकढुकी किन आज तिमी भित्र सर्न खोज्छ  
मेरो शिर पनि  निदाउन तिम्रै काखमा पर्न खोज्छ ।
संसार जित्न सक्छु प्रिय साथ तिम्रो पाएँ भने,
दुःखको सागर यो जिन्दगी तिमीसँगै तर्न खोज्छ । 

 २
नजिक छु आफू तिमी दूर भए पछि भेट्न सकिन 
खोलाको बगर भएर पनि  तिर्खा  मेट्न सकिन । 
अहो, तिम्रो यादमा खाली बित्छन् हर दिनरातहरु,
अभागी हत्केलाका भाग्य रेखाहरु मेट्न सकिन ।                                               


संसार देख्न सकिन्छ साथी फेसबुक  भए पछि
दुःख सुख लेखिन्छ म्यासेजमा लेखबुक भए पछि ।
अहो, कस्तो गहिरो चमत्कार छ अहिले विज्ञानको,
डाटा किने पछि चल्छ सरसर चेकबुक भए पछि । 

सुन्दरहरैंचा, मोरङ
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप