मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

मायामा आक्रोश

शनिबार, २५ असार २०७९, ११ : ५६
शनिबार, २५ असार २०७९

आक्रोशको बचनले झम्टिँदा
कसै गरी
तिम्रो व्यवहारको मन दुख्यो भने
मेरो चरित्रलाई हत्या गर्दा
कसै गरी
तिम्रा ती भावना बाहिर देखिए भने
तिमीले मलाई बनाएका ती
कठपुतलीका
स्वरुपरु छर्लङ्ग देखिए भने
कदापि सहन्न म ।
जेलिएका ती दयाका जालहरु
सम्झिएर हुन्छ र कहाँ
विश्राम गर्ने
कति बेला कल्पनाहरुमा डुब्ने 
पिधको पानी जस्तै
सङ्लिएर बस्नेछ तिम्रा यादहरु
हुनेछ कतै
कौतुहलता अनि छट्पटी
देखिनेछ कहीँ सपनाहरु
सम्झेको छु तिम्रो अहंकारको उदयहरु ।
सोच्थे लाग्छ होला
मैले सम्हालेर बोलेका शब्दको दया
नसक्ने रहिछौ भने
तिमी आफै शब्दमा
मायाको परिभाषा निकाल्न कठिन पर्ला
अब सम्झे हुन्छ
तिम्रो छाँयाको परिधिभित्रबाट 
निस्किन लागिसके ।
खिया लागिसक्यो ती पिंजडाका बारहरु
उदय भैसक्यो
मेरो अर्कै तरंगका भावनाहरु ।
म हारेको छैन
चल्ने छैन अब तिम्रा हैकमहरु
सम्हालेर रोक्ने गर कुनैबेला
पर्न सक्छ उतार्न
बस्, केही गरे पनि सकिन 
तिमीलाई सुधार्न ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप